समाचार

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

समाचार, स्वास्थ्य
शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा सुत्नुपर्छ । यति समय रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने हाइपरसोम्निया भएको हुनसक्छ । जसको छिटो पहिचान भई उपचार गर्दा निको हुनसक्छ । शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ । अन्तर्राष्ट्रिय जर्नल स्लिप फाउन्डेसनका अनुसार लगभग ४० प्रतिशतमा हाइपरसोम्नियाको लक्षण देखिन्छ । यसो भन्दैमा दिउँसो सुत्ने बित्तिकै हाइपरसोम्निया भयो भन्न मिल्दैन । दिनचर्यामा कुनै परिवर्तनका कारण कहिलेकाहीं निद्रा लाग्नु सामान्य अवस्था हो । तर सातामा तीन दिन भन्दा बढी दिनमा पनि अत्याधिक निद्रा लागेर दैनिकीमा अवरोध ल्याइरहेको छ भने हाइपरसोम्नियाको शंका गरी स्वास्थ्य परीक्षण गराउनुपर्छ । कारण हाइपरसोम्निया हुने एक मात्र कारण ...
चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन हिमालयन कालिञ्चोक बीबीआर जेभी छानियो

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन हिमालयन कालिञ्चोक बीबीआर जेभी छानियो

खेलकुद, समाचार
१४ असार, काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ । सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए । तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । सुरुमा रंगशाला निर्माण थ...
काठमाडौंको रामकोटमा कलभर्टबाट कार खस्दा एक जनाको मृत्यु

काठमाडौंको रामकोटमा कलभर्टबाट कार खस्दा एक जनाको मृत्यु

समाचार, समाज / जिवनशैली
१४ असार, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान करिब साढे २ बजे बागमती प्रदेश ०२७ च ०४९१ नम्बरको कार छमछमे खोलाको कलभर्टबाट तल खसेको थियो । बिहान साढे ५ बजेमात्र घटनास्थलबाट दर्नालको उद्धार भएको थियो । उनलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।...
सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

अन्तर्राष्ट्रिय, समाचार
१० असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको सशस्त्र हेडक्वाटरले जनाएको छ । गत १ असोजमा प्रकाशित डीएसपीहरुको कमाण्ड पूर्वानुमान सूचीको आधार उनीहरुको सरुवा गरिएको सशस्त्रले जनाएको छ । २ वर्ष अवधि पूरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका एसपीहरुको एकैपटक सरुवा गरिएको हो । सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् । पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य डीएपीहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना र...
पोषराज पोखरेल २ दिनका लागि एआईजी

पोषराज पोखरेल २ दिनका लागि एआईजी

समाचार
१० असार, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दुई दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रस्ताव गरिएको छ । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार डीईआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको हो । एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । यही असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जाँदैछन् । ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको हो । यद्यपि एआईजीको फुली लगाएको २ दिनमै पोखर...
गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

समाचार
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउन आदेश गरेको थियो। बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए। न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ। ला...
ज्यान जोखिममा राखेर तुइनबाट वारपार

ज्यान जोखिममा राखेर तुइनबाट वारपार

समाचार, समाज / जिवनशैली
हुम्ला, असार ४ गते । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा तुइन छ, न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल बन्न सकेको छ । स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढाँै, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क...
रेमिट्यान्स पाउने घरपरिवार ७६.८ प्रतिशत, लुम्बिनी सबैभन्दा अघि

रेमिट्यान्स पाउने घरपरिवार ७६.८ प्रतिशत, लुम्बिनी सबैभन्दा अघि

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौँ — मुलुकमा रहेका ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये करिब ७६.८ प्रतिशतले रेमिट्यान्स प्राप्त गर्ने गरेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणले नेपालमा रहेका कुल घरपरिवारमध्ये करिब ५१ लाख १५ हजार ५ सय २६ वटाले रेमिट्यान्स प्राप्त गर्दै आएको देखाएको हो । दशकअघिको तुलनामा रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको संख्या करिब २१ प्रतिशत विन्दुले बढेको हो । दशकअघि नेपालका ५५.८ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दै आएका थिए । यस अवधिमा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै अध्ययनका लागि बाहिरिने नेपालीले पनि घरमा पैसा पठाउन थालेकाले रेमिट्यान्स प्राप्त गर्ने घरपरिवार संख्या बढेको अध्ययनको निष्कर्ष छ । आर्थिक वर्ष सन् १९९५/९६ मा २३.४ प्रतिशत र आर्थिक वर्ष २००३/०४ मा ३१.९ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दै आएका ...
ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

आर्थिक / ब्यापार, समाचार
३ असार, काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ । नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो । यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि पेट्रोलिय पदार्थको ढुवानी रोकेको थियो । मजदुरहरूले सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार निय...
२ महिनामै २४ करोडको अनलाइन जुवा, ६ युवक पक्राउ

२ महिनामै २४ करोडको अनलाइन जुवा, ६ युवक पक्राउ

अपराध / प्रशासन, समाचार
३ असार, काठमाडौं । २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् । यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हुन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । वुल्फ ७७७ अनलाइन क्यासिनोमार्फत उनीहरुले अनलाइन जुवा खेलाएको पाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले बताए । विभिन्न व्यक्तिहरुको बैंक खाताको क्युआर कोड सामाजिक सञ्जालमार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप उनीहरुमाथ...