प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्ण : एमाले

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

मंगलबार बसेरा होटलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले नेपालको प्रतिष्ठा बढेको निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिपूर्ण रह्यो’, महासचिव पोखरेलले बैठकपछि भने, ‘औपचारिक–अनौपचारिक भेटघाटले स्वाभाविक रूपमा नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने खालको काम भएको छ । त्यसबाट नेपालको प्रतिष्ठा वृद्धि गर्ने कुरामा सम्माननीय प्रधानमन्त्री र उहाँको टिमको भ्रमण उपलब्धिपूर्ण रहेको बैठकले निष्कर्ष निकालेको छ ।’

बैठकले बाढी पहिरो प्रभावितका लागि ५० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *