बाढीपहिरो प्रभावितलाई कर्णाली सरकारले ५० लाख सहयोग गर्ने

१५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

शुक्रबारदेखि परेको वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको छ । प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस निर्णयसमेत गरेको छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *