सूर्यदर्शन सहकारी प्रकरणमा लीला पछाई पक्राउ

१५ असोज, काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ ।

उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ ।

सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीको भनाइ छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १८ जना फरार छन् भने कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक छविलाल ओझा पनि पक्राउ परेका छन् ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *