बालाजुमा एक महिला मृत भेटिइन्

१६ असोज, काठमाडौं । बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।

प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान अघि बढाएको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *