काठमाडौं । कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी १४ असोजमा रिहा भएको अदालतका सूचना अधिकारी मेलिस बासकोटाले जानकारी दिए ।

इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

रिहा भएपछि फिल्मको प्रचारमा

धरौटीमा रिहा भएका इकुले आफू अभिनित फिल्म ‘१२ गाउँ’को प्रचार थालेका छन् । आफूले केही हल भिजिट गरेर दर्शकसँगै फिल्म हेरेको उनले अनलाइनखबरलाई बताए ।

विराज भट्ट निर्देशित फिल्ममा इकुको शीर्षमध्येको भूमिका छ । उनी फिल्ममा विराजका सहयोगीको भूमिकामा देखिएका छन् । इकुको यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0