अपराध / प्रशासन

५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

अपराध / प्रशासन, शिक्षा
काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् । पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल संयोजकत्वको उच्चस्तरीय छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायत ७ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । गत वैशाख अन्तिम साता बुझाएको छानबिन प्रतिवेदन डेढ महिनासम्म लुकाएर पदाधिकारीले नै दोषीहरूलाई संरक्षण गरेका हुन् । उपकुलपति केशरजंग बराल, रजिस्ट्रार केदार रिजाल र रेक्टर खड्ग केसीले प्रतिवदेन कार्यकारी परिषद्मा पेस गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । तर डेढ महिनासम्म प्रतिवेदन कार्यकारी परिषद्मा समेत छलफलका विषय नबनेको उपकुलपति कार्यालय निकट एक प्राध्यापकले बताए । स्रोतका अनुसार उत्तरपुस्तिका हराउनुमा लापरब...
२ महिनामै २४ करोडको अनलाइन जुवा, ६ युवक पक्राउ

२ महिनामै २४ करोडको अनलाइन जुवा, ६ युवक पक्राउ

अपराध / प्रशासन, समाचार
३ असार, काठमाडौं । २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् । यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हुन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । वुल्फ ७७७ अनलाइन क्यासिनोमार्फत उनीहरुले अनलाइन जुवा खेलाएको पाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले बताए । विभिन्न व्यक्तिहरुको बैंक खाताको क्युआर कोड सामाजिक सञ्जालमार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप उनीहरुमाथ...
ललितपुरमा दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको आशंका

ललितपुरमा दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको आशंका

अपराध / प्रशासन
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डेरामा अर्धचेत अवस्थामा फेला परेका र उपचारको क्रममा ज्यान गुमाएका दम्पतीको घटनामा ट्विस्ट आएको छ । २५ वर्षीय उमेश सेन्चुरीले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३२ जेठमा साँझ सिन्धुपाल्चोक घर भएर कपनमा बस्दै आएका उमेश पत्नीको डेरामा गएका हुन् । २५ वर्षीया रेणु सेन्चुरी अल्का अस्पताल पछाडि डेरा गरेर बस्थिन् । उनीहरू १० वर्षीय छोरा रेणुसँग बस्दै आएका थिए । तर, सो साँझ डेरामा छोरा थिएनन् । रेणु डेरामा थिइनन् । पत्नी नआउन्जेल उमेश डेरा आसपासमा डुलिरहेको छिमेकीहरूले प्रहरीलाई बताएका छन् । साँझ पत्नी आएपछि डेरामा प्रवेश गरेका उनीहरू भित्रबाट चुकुल लगाएको अवस्थामा अर्धचेत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् । घटनास्थलमा विषको बट्टा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले बताए । उमेशले सुरुमा पत्नीको हत्या ...
भुक्तानी खोज्दा फेला परेको थियो ६ किलो सुन, मुस्ताङबाट नेपाली नागरिकता लिएका चिनियाँ नागरिक पक्राउ

भुक्तानी खोज्दा फेला परेको थियो ६ किलो सुन, मुस्ताङबाट नेपाली नागरिकता लिएका चिनियाँ नागरिक पक्राउ

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, समाचार
३ असार, काठमाडौं। ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक क्रिप्टोको कारोबारी रहेको खुलेको छ । सुनको भुक्तानी क्रिप्टोमार्फ भएको देखिएपछि चिनियाँ नागरिक सोनाम गुरुङको संलग्नता खुलेको थियो । सेराप र शेरब ग्याल्बो नाम बताउने चिनियाँ नागरिक ३७ वर्षीय सोनामलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति पक्राउ गरेको हो । यसअघि सुन तस्करीको आरोपमा भारतीय नागरिक सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाडलाई सीआईबीले पक्राउ गरेको थियो । उनीमाथिकै अनुसन्धानमा सुनको भुक्तानी क्रिप्टोमार्फत सोनमलाई गर्ने गरेको खुलेपछि सीआईबीले आइतबार राति काठमाडौं-६ स्थित उनको डेराबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार सिदार्थको मोबाइलमा भेटिएका कुराकानीले सुनको भुक्तानी सोनमलाई क्रिप्टोमार्फत गरेको खुलेपछि प्रहरी उनको डेरामा पुगेको थियो । टेपले बेरेर राखेको अवस्थामा प्रहरीले ६ वटा ...
कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

अपराध / प्रशासन, समाज
धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । ...
सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित

सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, समाचार
काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर प्रसारित सामग्री ‘फेक’ नै भएको पुष्टि भएको छ । ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकको सामग्री परिक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले ‘डार्क फाइल’ नाम दिएर प्रसारित उक्त सामग्री ‘फेक’ भएको तथ्य प्रयोगशाला परीक्षणबाट पुष्टि भएको बताए । सीआईबी स्रोतका अनुसार प्रतिवेदनमा फेक अडियो बनाउने र प्रसारण गर्नेमाथि विद्युतीय कारोबार ऐन २०६३, मुलुकी अपाराध संहिता २०७४ का झूटा प्रमाण बनाउन नहुने भन्ने दफा र संहिताकै अमानवीय र अपमानजनक व्यवहार गर्न नहुने भन्ने कसुरमा अनुसन्धान गर्न गर्नुपर्ने राय पनि अद...
सर्वोच्चले मगायो लामिछानेविरुद्धको उजुरी

सर्वोच्चले मगायो लामिछानेविरुद्धको उजुरी

अपराध / प्रशासन, समाचार
काठमाडौँ — सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीमा परेको उजुरी सर्वोच्चले मगाएको छ । सहकारी बचत अपचलनमा प्रहरी अनुसन्धानमा गृहमन्त्रीले प्रभाव पार्ने विषयमा टुंगो गर्नुअघि उनीमाथि उजुरी परेको छ कि छैन भनेर सर्वोच्चले यकिन गर्न खोजेको छ । सहकारी बचत अपचलनमा लामिछानेविरुद्ध प्रहरीमा कुनै उजुरी नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र बदर गर्न तथा निष्पक्ष छानबिनका लागि उनलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा सुनुवाइ सुरु भएको छ । निष्पक्ष प्रहरी अनुसन्धानलाई सुनिश्चित गर्न गृहमन्त्री पदबाट निलम्बन गर्नुपर्ने माग गर्दै परेको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा आइतबार सुनुवाइ भएको हो । सर्वोच्चले लामिछानेविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा परेको पूरक जाहेरी झिकाउनसमेत आदेश दिएको छ । अदालतले लामिछानेउपर कास्कीको सूर्यदर्शन स...
गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन

गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, सूचना-प्रविधि
काठमाडौं, पोखरा, चितवन — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गरेका छन् । तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन ०७७ फागुन ११ मा औपचारिक रूपमा ग्यालेक्सी टेलिभिजनको औपचारिक घोषणासँगै लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक बनेका थिए । करिब १५ महिनापछि ०७९ असार १ मा उनी कम्पनीबाट बिदा भएका थिए । उनी प्रबन्ध निर्देशक भएको अवधिमा विभि...
बचतकर्ताले घेरे बुटवलको मञ्जुश्री सहकारी

बचतकर्ताले घेरे बुटवलको मञ्जुश्री सहकारी

अपराध / प्रशासन, समाचार, समाज / जिवनशैली
७ जेठ, बुटवल । भैरहवामा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम फिर्ता माग्दै बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् । सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि वचतकर्ताहरु सोमबार कार्यालय घेराउ गर्न पुगेका हुन् । बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा रहेको शाखा कार्यालय घेराउमा करिब २०० वचतकर्ता पुगेका थिए । सहकारीका अध्यक्ष खिमराज भण्डारी शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । शाखाका दुईजना कर्मचारीहरु भने यसअघि नै वचतकर्ताको सम्पर्कमा थिएनन् । यसअघि पनि वचतकर्ताले वचत रकम फिर्ता माग्दा पाएका थिएनन् । गेका थिए । बुटवल शाखाले चेक नसाटेपछि प्रधान कार्यालय भैरहवामा साट्न जाँदा पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् । सहकारीका अध्यक्ष खिमराज ...
२३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदन

२३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदन

अपराध / प्रशासन, राजनीति, समाचार
काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ऋणबारे आफूलाई कुनै जानकारी नभएको र त्यसप्रति आफ्नो उत्तरदायी नहुने दाबी संसद्मा पनि दोहोर्‍याएका छन् । उनले ऋण प्रमाणित हुने कुनै कागजमा हस्ताक्षर भए देखाउन चुनौती पनि दिएका छन् । २३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदन तर, गोर्खा मिडिया नेटवर्क प्रालिको २२ करोड ७८ लाख ऋण रहेको भन्दै तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेले हस्ताक्षर गरेर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको लेखापरीक्षण प्रतिवेदन भेटिएको छ । ग्यालेक्सी टेलिभिजन चलाउने गोर्खा मिडिया नेटवर्क प्रालिमा लामिछानले स्वेट सेयर (पसिनाको मूल्य) मात्र पाएको र कम्पनीको दायित्व आफूमा नआउने दाबी गर्दै आएका छन् । तर, बुटवलको सुप्रिम सहकारीबाट दुई करोड रुपैयाँ लिएका लामिछानेले त्यही बैंक स्टेटमेन्ट कम्पनी रजि...