स्थानिय तह / प्रदेश

गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट बरपिपल रोप्ने

गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट बरपिपल रोप्ने

स्थानिय तह / प्रदेश
४ असार, गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट बरपिपल रोप्ने भएको छ । गाउँपालिकाले टोल विकास संस्था मार्फत बरपिपल रोपण गर्न लागेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत नै वरपिपल रोप्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । पछिल्लो समय सडक विस्तार र विभिन्न कारणले बरपिपल मासिँदै गएका छन् । पर्यावरणीय हिसाबले पनि पिपलको महत्वपूर्ण मानिन्छ । पालिकाले गएको भदौ १९ गते गाउँ कार्यपालिकाको निर्णय बमोजिम वडानम्बर- १ मा १०८ बोट र अन्य ५ वटा वडाहरुमा ५० बोटका दरले बरपिपल रोप्ने निर्णय गरेको थियो । विरुवा रोप्न गाउँपालिकाले टोल विकास संस्थालाई सम्झौता गर्न आग्रह गरेको छ । बरपिपल रोप्नका लागि प्रतिबोट खर्च २ हजार रकम विनियोजन भएको प्रशासकीय अधिकृत पाण्डेले बताए । विनियोजन भएको रकमबाट विरुवा र मल खरिद, उपयुक्त खाडल र संरक्षणको लागि फलामे जाली लगाउ...
काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न सरकारलाई कांग्रेसको सुझाव

राजनीति, स्थानिय तह / प्रदेश
काठमाडौँ — काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न कांग्रेसले सरकारलाई सुझाव दिएको छ । बिहीबार प्रतनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिएका हुन् । ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि । तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईको शैली बदल्नुस् । तर आफैँ सुरिनु भयो बोल्न । यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठीक ...
यस्तो रहनेछ लुम्बिनी प्रदेशसहित देशभर आजको मौसम

यस्तो रहनेछ लुम्बिनी प्रदेशसहित देशभर आजको मौसम

सूचना-प्रविधि, स्थानिय तह / प्रदेश
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्...
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

राजनीति, समाचार, स्थानिय तह / प्रदेश
२७ वैशाख, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् । उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २९ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए । सर्वाेच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्...
कोशीका प्रदेश प्रमुखले भने : संविधान र अभ्यास हेरेर निर्णय गर्छु

कोशीका प्रदेश प्रमुखले भने : संविधान र अभ्यास हेरेर निर्णय गर्छु

राजनीति, स्थानिय तह / प्रदेश
२६ वैशाख, विराटनगर । एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेपछि कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिएका छन् । बुधबार एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण मंगलबार राति नै पदमुक्त भएको जिकिर गरेका छन् । उनीहरुले अब नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र लिएका छन् । पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यस विषयमा अध्ययन गरेर निर्णय गर्ने जवाफ दिए । ‘अब यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले आज यहाँहरुलाई चिया पनि नखुवाई बिदाइ दिन चाहन्छु’, उनले भने ।...
कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

राजनीति, स्थानिय तह / प्रदेश
२६ वैशाख, विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ । गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वत: पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । उनीहरुले वैशाख ६ गते भएको प्रदेश सभा अधिवेशनमा पनि विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरेको तर आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै पनि विश्वासको मत माग्न प्रदेश सभा अधिव...
गुल्मीमा एक महिनामै आगलागीबाट १६६ घरगोठ जलेर नष्ट

गुल्मीमा एक महिनामै आगलागीबाट १६६ घरगोठ जलेर नष्ट

समाचार, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२३ वैशाख, गुल्मी । गुल्मीमा वैशाखयता आगलागीबाट १ सय ६६ वटा घर गोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा ६६ वटा घर र १०० वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गर्मी र सुख्खा मौसम सुरु भएसँगै दैनिकजसो आगलागीका घटना बढदै गएका हुन् । ्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आगलागीबाट १ सयभन्दा बढी पशुचौपाया जलेर नष्ट भएको जानकारी दिए । आगलागीका कारण जिल्लामा सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा बढी क्षति भएको छ । जिल्लामा विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको छ । आगलागीबाट घरविहीन बनेका नागरिकलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले विपद व्यवस्थापन समितिबाट प्रतिघर २० हजार रुपैयाँ प्रदान गरेको छ । आगलागी पीडित परिवारको आवास निर्माण प्रक्रिया...
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

समाचार, समाज, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२१ वैशाख, काठमाडौं । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ । आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ । अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव अर्यालले यस्तो जानकारी दिएका हुन् । साथै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको छ ।...
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक लगायो

गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक लगायो

समाचार, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२१ वैशाख, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसार रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको हो । गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक र व्यवसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको तर, स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै निकासी भइरहेको भन्दै बिक्रीवितरणसहित ओसारपसारमा रोक लगाउनुपरेको दाबी गरेको छ । ‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको’, सूचनामा भनिएको छ, ‘यसको नियन्त्रण र नियमनका लागि पालिकाको अर्को व्यवस्था लागु नहुन्जेल यस किसिमका पशु ...
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

अन्तर्राष्ट्रिय, राजनीति, समाचार, स्थानिय तह / प्रदेश
१२ वैशाख, बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ । चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन् । यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्...