माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापिएर सुर्खेतमा एकको मृत्यु

सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योति ओली रहेकी छन् ।

सुर्खेत प्रहरीका अनुसार ज्योति बिहीबार बिहान सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको सानोठकेनीमा माटो ल्याउन गएकी थिइन् ।

खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *