गर्भपतनको पक्षमा मेलनिया ट्रम्प

वासिङ्टन डीसी । अमेरिकाकी पूर्व प्रथम महिला मेलनिया ट्रम्पले गर्भपतनको पक्षमा खुलेर वकालत गरेकी छन् । बिहीबार पोस्ट भएको एउटा नयाँ भिडियोमा उनले महिलाको व्यक्तिगत स्वतन्त्रताको कुरा आउँदा सम्झौताको कुनै गुन्जाइस नहुने बताएकी छिन् ।

आफ्नो आगामी पुस्तकमा सरकारको कुनै पनि हस्तक्षेप वा दबाबबाट स्वतन्त्र हुनुपर्छ भनेर मेलनियाले गर्भपतनको अधिकारको समर्थन गरेको गार्डियनले एउटा समाचारमा भनेको थियो ।

‘व्यक्तिगत स्वतन्त्रता एउटा मौलिक अधिकार हो जसलाई म सुरक्षित गर्न चाहन्छु । निस्सन्देह, सबै महिलाहरूले जन्मदेखि नै पाएको यो अत्यावश्यक अधिकार : व्यक्तिगत स्वतन्त्रतामा सम्झौताको कुनै गुन्जाइस छैन । मेरो शरीर, मेरो रोजाइको साँच्चै अर्थ के हो त ?’ एक्समा पोस्ट भएको एउटा भिडियोमा पूर्वप्रथम महिलाले भनेकी छिन् ।

महिलाको गर्भपतनको अधिकारमा मेलनियाले गरेको वचाउ उनको पति पूर्व अमेरिकी राष्ट्रपति तथा डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले एक महिना अघि गर्भपतनबारे राखेको धारणाभन्दा विपरीत छ । ट्रम्प गर्भपतनको कटु आलोचक हुन् ।

जुनमा अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनको सङ्घीय संवैधानिक अधिकार उल्ट्याएका थियो । यसको जस ट्रम्पले बारम्बार लिएको सुन्न सकिन्छ । आफू राष्ट्रपति चुनिए भने सङ्घीय गर्भपतन प्रतिबन्धमा भिटो लगाउने र राज्यहरूलाई नै यसबारे निर्णय गर्न दिने ट्रम्पले अक्टोबरको सुरुमा भनेका थिए ।

ट्रम्पले फक्स न्यूजलाई बुधवार गर्भपतनको अधिकारबारे आफूले श्रीमतीसँग कुरा गरेको र संस्मरणमा उनले आफूलाई जे कुरामा विश्वास छ त्यही कुरा लेखेको बताएका थिए । ट्रम्पको चुनावी अभियानबाट मेलनिया प्रायः टाढै बसेकी छिन् ।

संस्मरणमा उनले आफ्नो शरीरसँग के गर्ने भन्नेबारे महिलाले आफूबाहेक अरूलाई अधिकार किन दिने भनेर उनले प्रश्न गरेको गार्डियनले बताएको छ । आफ्नै इच्छाले गर्भको बच्चा तुहाउनु महिलाले व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको उनको धारणा छ ।

@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *