काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो ।

सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।

त्यसक्रममा प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व सम्हालेयता सिमलताल बस दुर्घटना, सौर्य एयरलाइन्स दुर्घटना, हेलिकोप्टर लगायत सात हजार घटना भएको बताए । त्यस्तै बाढीपहिरो डुबानलगायतका घटना भएको र ठुलो धनजनको क्षति भएको भन्दै त्यसपछि सरकारले राहत, उद्धारका कामलाई प्राथमिकता राखेको दाबी गरेका छन् ।

साथै उनले उखु, दुध किसानलगायतको रोकिएको भुक्तानी सरकारले गरेको भन्दै हिउँदे बालीको रासायनिक मलको बन्दोबस्त गरेको जनाएका छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0