काठमाडौँ, कात्तिक १२ गते । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौँ उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताउनु भयो । उहाँले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरू बनाइरहेको बताउनुभयो । मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेन्डरका लागि प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौँ पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गर्नुभयो । उहाँले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताउनु भयो । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौँ ल्याउने तयारी गरिएको बताउनुभयो ।

काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानीको डिमान्ड छ । त्यो पुर्‍याउने कसरी ? सरकारको दीर्घकालीन समस्याको योजना के छ ? त्यसको लागि खानेपानी मन्त्रालय अघि बढिसकेको छ । हामी तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेन्डर हुन गइरहेको छ । त्यो यही १५ दिनभित्र जतिमा हुन्छ । त्यो २५ करोड ५० लाख लिटर मेलम्चीको पानी आयो भने समस्या केही समाधान हुन्छ । अहिले १७ करोड लिटर रहेको छ । पानी केही त हामीले अहिले बागमतीमा डाइभर्ट गरेका छौँ । केही पाइपको समस्याका कारण बागमती सफाइ गरिरहेका छौँ ।

चार महिना पानी नआउँदा खानेपानी मन्त्रालय के गर्छ ? त्यो ५१ करोड लिटरको पानीको माग छ । ट्याङ्करवाला भाइलाई मजा भइहाल्छ । हामीले शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा २५ करोड जति खर्च गर्ने हो भने केही हल हुन्छ नै । अहिले ६ दिनमा पानी दिइरहेका थियौँ । कतै त १५ दिनमा पानी दिने गरेको रहेछ । १५ दिनमा पानी दिँदा कसरी नागरिक बाँच्छ । नागरिकप्रति राज्यको दायित्व यही हो ।

सानो मुहानबाट पनि पानी ल्याउने सोचमा छौँ । ट्याङ्करमा पानी हाल्न इआइए नचाहिने, सरकारलाई नागरिकका लागि पानी दिन इआइए चाहिने । मन्त्री अलि छिटो छिटो चेन्ज हुने के । मन्त्री आज त्यो, भोलि त्यो । मान्छेको दिमागमा मन्त्रीको नाम नै भुलिसकेछन् । तर यो सरकार मजबुत सरकार भएकाले काम सफल हुनेनैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0