२१ कात्तिक काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बंगालमा एक व्यक्ति मृत फेला परेका छन् । मृतक काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनी सोही स्थानमा डेरा गरी बस्ने गर्दथे । उनको मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार काठमाडौंको टोखा नगरपालिका-५ बसुन्धारामा डेरा गरी बस्ने सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भएका ३१ वर्षीय कृष्ण पाण्डे पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क पछाडि गौरेश्वर मन्दिरको गेट अगाडि अन्दाजी ८० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनको सनाखत नभएको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1