आफ्नो सम्पर्कमा रहेका सयौं व्यक्तिहरुको फोननम्बर, इमेललगायतका विवरणहरु राम्रोसँग व्यवस्थित तरिकाले राख्ने काम वास्तवमै एउटा कला हो ।

यसले हाम्रो कामलाई सहज बनाउनुका साथै खोजेको बेला सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर तथा इमेललगायतका कुरा सहजै प्राप्त गर्न सकिन्छ ।

गुगलको सम्पर्क व्यवस्थापन सर्भिसको रुपमा रहेको Google Contacts तपाईंको सम्पर्क पुस्तिकालाई अद्यावधिक तथा व्यवस्थित गर्नमा निकै उपयोगी हुन्छ । कसैको सम्पर्क विवरणलाई हटाउन होस् वा अद्यावधिक गर्न होस् गुगल कन्ट्याक्ट्समा सहजै गर्न सकिन्छ ।

Google Contactsमा सम्पर्क विवरण सम्पादन गर्ने वा हटाउने तरिका यस्तो छ :

विवरण सच्याउनका लागि :

Google Contacts खोल्नुहोस् : यसका लागि सबैभन्दा पहिले Contacts.google.com मा जाने वा आफनो डिभाइसमा Google एप खोल्नुपर्छ ।
आफूले सम्पादन गर्न चाहेको सम्बन्धित सम्पर्क नम्बर सर्च बारमा खोज्नुहोस् ।
उक्त नम्बरमा क्लिक गर्नुहोस्, त्यसपछि सम्बन्धित व्यक्तिको प्रोफाइल खुल्दछ।
विवरण सम्पादन गर्नुहोस् : त्यहाँ तपाईंले सम्बन्धित व्यक्तिका विवरणहरु जस्तै नाम, फोन नम्बर तथा इमेल ठेगाना लगायतका विवरण सम्पादन गर्न सक्नुहुन्छ ।
त्यसपछि save बटनमा थिच्नुहोस् । यसो गरेपछि तपाईंले अद्यावधिक गरेको विवरण सुरक्षित हुन्छ ।
विवरण हटाउनका लागि :

आफ्नो डिभाइसमा contacts.google.com मा जानुहोस् वा गुगल कन्ट्याक्ट्स एप खोल्नुहोस् ।
सर्च बारको मद्दतले आफूले डिलिट गर्न चाहेको नम्बर खोज्नुहोस्
त्यसपछि उक्त सम्पर्क नाममा क्लिक गर्नुहोस् र त्यसपछि प्रोफाइल खुल्दछ ।
कन्ट्याक्ट डिलिट गर्नका लागि more बटनमा क्लिक गर्नुहोस् र त्यसपछि Delete अप्सनमा क्लिक गर्नुहोस् ।
अन्तिममा आफूले उक्त विवरण डिलिट गर्न चाहेको कुरा Confirm गर्नुहोस् ।
यसो गरिसकेपछि गुगल कन्ट्याक्टसमा रहेको सम्बन्धित व्यक्तिको विवरण डिलिट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0