भैरहवा -कतार एयरवेजले पनि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भएको छ। नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरि अनुमती प्रदान गरिएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ। कतार एयरवेजले हप्तामा सातै दिन दोहा-भैरहवा-काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
कतार एयरवेजको जहाज दिउसो २: ४५ मा भैरहवा आउने छ । ४: ४५ बजे काठमाडौंको लागि प्रस्थान गर्ने छ। कठमाडौंबाट साँझ ६: ५५ बजे दोहा प्रस्थान गर्ने छ। यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन्। यस अघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइएयर एशियाले उडान थालिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1