काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा मृत भेटिएका आमा र दुईजना छोराछोरी हराएको भनेर प्रहरीमा खोजतलास निवेदन परेको थाहा भएको छ ।

गाम्छामा मृत भेटिएकी सिता दंगाल नगरकोटीका पति ४९ वर्षीय कान्छा नगरकोटीले खोजतलास गरिपाउँ भनेर निवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । बिहीबार मध्यान्ह साढे २ बजेतिर उनले आफ्नी पत्नी, छोरा र छोरी कार्तिक १६ बाट हराएको भनेर निवेदन दिएका हुन् ।

‘खोजी गरिपाउँ’ भन्ने निवेदन आएपछि प्रहरी खटिएर हेर्दा कोठामा ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु नगरकोटी र दुई वर्षका छोरा मृत अवस्थामा भेटिएका हुन् । घट्नाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0