२९ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा १० स्थानका उम्मेवार उम्मदेवार चयन गरेको छ । ४४ स्थानमा हुने उपनिर्वाचनमा १० ठाउँका उम्मेदवार सर्वसम्मत चयन भएको कांग्रेसले जानकारी गराएको छ ।

ओखलढुंगा, जिल्ला समन्वय समितिको प्रमुख पदमा टेकराज भट्टराईलाई उम्मेदवार बनाइएको छ । वलराम सरदारलाई मोरङ, ग्रामथान गाउँपालिकाकोः अध्यक्षको उम्मेदवार बनाइएको छ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका, वडा नम्बर ३ को उम्मेदवार भीमकुमार लक्सम्वा चयन भएका छन्।

झापाको कन्काई नगरपालिका–६ मा रामगोपाल वली,– तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा नगेन्द्र लिम्वू, सुनसरीको गढी गाउँपालिका–. ६ मा तेतर साहलाई उम्मेदवार बनाइएको छ । घनश्याम दाहाललाई ओखलढुंगा, मोलुङ गाउँपालिका–५, को उम्मेदवार बनाइएको छ ।

उदयपुरस्थित त्रियुगा नगरपालिका– १२ मा सन्जिव काफ्लेलाई उम्मेदवार बनेका छन् । उदयपुरको बेलका नगरपालिका– वडा मा नवराज बस्नेतलाई उम्मेदवार बनाइएको छ । गोरखाको गोरखा नगरपालिका– ५ मा भाईकाजी आले उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0