२४ मंसिर, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भेट गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले सोमबार विदेशमन्त्री लुसँग भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे चर्चा भएको रिमालले बताएका छन् ।
‘आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भयो। नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरियो,’ उनले भने ।
आइतबार नेपाल आएका लुले लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
लुले आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1