२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स ले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।

खराब सुरुवात गरे पनि पौडेल र जफरले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका हुन् ।

५७ बल खेलेका रोहितले पाँच छक्का र ६ चौका मद्दतमा ८० रन बनाएर आउट हुँदा जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाएर आउट भए । ओपनर अर्जन साउदले १५ र टोम मूरेसले १० रन थपे ।

चितवनका रिजन ढकालले तीन, कुशल मल्ल र रञ्जित कुमारले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0