४ पुस, काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छिन् ।

उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ गएकी हुन् ।

उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन् ।

त्यसपछि मन्त्री डा. राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन् । उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0