१० पुस, बुटवल । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन् ।

संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको जानकारी पनि उनले गराए ।

‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ,’ बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भने ।

अर्को प्रसंगमा उपप्रधानमन्त्री सिंहले कोभिड महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई नकास्न सरकारले काम गरिरहेको र अहिले सुधारका संकेत देखिन थालिसकेको उनले बताए ।

सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोर शिलान्यास र दयानगर दानव लिफ्ट सिंचाइ योजना उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन सिंह रुपन्देही पुगेका हुन् ।

पर्यटन करिडोर र लिफ्ट सिंचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0