काठमाडौँ । बिहान ११ बजे बस्ने गरी बोलाइएको एमाले सचिवालय बैठक अझै सुरु भएको छैन । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेगरी डाकिएको बैठकका लागि सचिवालय सदस्यहरु समयमै पुगेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नपुगेका कारण बैठक सुरु हुन नसकेको हो ।
एमालेले आजको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गर्ने जनाएको छ । यसबाहेक बैठकमा समसामयिक राजनीति र सरकारका कामकारवाहीबारे पनि समीक्षा हुनसक्ने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1