यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

१४ भदौ, काठमाडौं । यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ ।

मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ ।

जगदम्बा श्री पुरस्कार पाउने प्रा.डा. योगेन्द्र यादव र मदन पुरस्कार पाउने कृति मुकाम रणमैदान ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।

जसमा मैनालीको मुकाम रणमैदानसँगै  भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *