काठमाडौँ महानगर क्षेत्रका ५० मध्ये २० अस्पताल फोहोर व्यवस्थापन मापदण्ड विपरीत

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गतका कतिपय अस्पतालहरु फोहोर व्यवस्थापन मापदण्ड अनुसार चल्न नसकेको पाइएको छ ।  गतवर्ष उपत्यकाका ५० वटा अस्पतालमा अनुगमन गर्दा २० वटा अस्पतालले फोहोर व्यवस्थापन मापदण्ड पालन नगरेको पाइएको महानगरको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । 
राईका अनुसार पछिल्लो पटकको अनुगमनमा मात्रै ५ वटा अस्पतालले फोहोर व्यवस्थापनको मापदण्ड पालन नगरेकोको पाइएको छ । ती अस्पतालहरुमा सहिद मेमोरियल अस्पताल, नेपाल इन्टरनेशन अस्पताल, हिमाल अस्पताल लगायत  रहेको उनको भनाइ छ । 

‘फोहोर व्यवस्थापनको मापदण्ड पालन नगरेका अस्पताललाई  कारबाही गरेका छैनौँ,’  शुक्रबार आयोजित वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा पारेको असरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘उहाँहरुलाई फोहोर व्यवस्थापनको मापदण्ड  पालन गर्न मौका दिइएको छ, आगामी दिनमा पालन नगरेमा कारबाही गर्ने चेतावनी दिइएको छ ।’ 

फोहोर व्यवस्थापनका लागि महानगरले अस्पतालहरुसँग सहकार्य गरी काम गरिरहेको समेत राईको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *