१९ भदौ, काठमाडौं । पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको प्रहरीले जनाएको छ ।

ग १ झ ६९५ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो करिब ४ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्समा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिएका छन् । उनका अनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । ‘एकजनाको अवस्था अलि सिरियस छ, २ जनाको अवस्था सामान्य छ’, उनले भने ।

बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0