काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू अब पार्टीको कार्यक्रममा प्रमुख अतिथि, वशिष्ठ अतिथि, अतिथि बन्न नपाउने भएका छन् ।

जसपा नेपालको हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले पार्टीको कुनै पनि कार्यक्रममा पार्टीकै नेता अतिथि बन्न नपाउने निर्णय गरेको हो । जसपा नेपालको निर्णयमा भनिएको छ, ‘कुनै प्रकारको अतिथि भई आसन ग्रहण गर्नु, गराउनु भनेको आफ्नै परिवारभित्र आफै अतिथि हुनु जस्तो हो ।’

यस्तै जसपा नेपालले पार्टीका संगठनको कार्यक्रममा पनि पार्टीका पदाधिकारी प्रमुख अतिथि, अतिथि वा विशेष अतिथि र अतिथि भएर आसन ग्रहण गर्न नहुने बताएका छ ।

तर जसपा नेपालले कार्यक्रमहरूमा प्रमुख वक्ता, वक्ताको रूपमा आसन ग्रहण गर्न र गराउन निर्देशन दिएको छ ।

जसपा नेपालले पार्टीभन्दा बाहिरका वा अन्य पार्टीका व्यक्तिहरूलाई अतिथिको रूपमा आमन्त्रित गर्न भनेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0