८ असोज, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ५५ लाखको धितोपत्र खरिद हुँदा २ अर्ब १२ करोड ८२ लाख रुपैयाँको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीमध्ये तीनमार्फत खरिद धेरै भएको छ भने सातमार्फत बिक्री धेरै छ । नासा, सुमेरु र डायनामिकमार्फत खरिद धेरै भएको छ । त्यस्तै सनी, आर्यतारा, भिजन, अनलाइन, इम्पेरियल, ओपल र श्रीहरि सेक्युरिटिजमार्फत बिक्री धेरै भएको छ ।

टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स लगायत कम्पनी अगाडि रहे ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0