प्रस्तावित प्रधानन्यायाधीशका उजुरीकर्तासँग भिडियो छलफल

१५ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिने उजुरीकर्तासँग भिडियो कुराकानीमार्फत छलफल गरेको छ ।

राउतविरुद्ध उजुरी दिएका नेपाली सेनाका अवकाशप्राप्त सेनानी प्रज्वल बस्नेत अमेरिकामा छन् । उनीसँग समिति सदस्यहरुले भिडियोमार्फत उनले दिएको उजुरीबारे छलफल गरेको हो ।

बस्नेतले प्रस्तावित प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको न्यायाधीशको रुपमा गरेको एक फैसलामा सैनिक ऐनको ब्याख्याका विषयमा प्रश्न उठाएका थिए ।

उनको उजुरी समितिमा आएको तर उनी भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि समितिले जुममार्फत छलफल गरेको हो ।

संसदीय समितिमा प्रविधिको प्रयोग गरेर छलफल गर्न सकिने व्यवस्था प्रतिनिधि सभा नियमावली २०७९ मा छ । सुनुवाइ समिति सचिवालयका अनुसार यो सुनुवाइ समितिमा पहिलोपटक अभ्यास गरिएको हो ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *