आफ्नै पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

१४ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।

बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेका थिए । महासचिव शंकर पोखरेल र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रधानमन्त्री ओलीलाई केन्द्रीय कार्यालयको अवस्थाबारे जानकारी दिएका थिए ।

गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो । तर प्रधानमन्त्री ओली सोमबार मात्र अमेरिकाबाट स्वदेश फर्किएपछि आज केन्द्रीय कार्यालय अवलोकन गर्न च्यासल पुगेका हुन् ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *