प्रधानमन्त्रीले गरे गहृमन्त्री लेखकको बचाउ

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीको बचाउ गरेका छन् । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक जानकारीमा आएको विषय बताएको भन्दै उनले यसलाई अयोग्यता वा अपराधका रुपमा लिन नहुने उनले बताए ।

गत शनिबार भारी वर्षासँगै नख्खु खोलामा ठूलो बाढी आएपछि नख्खुडोलमा चार जना जस्तापाताको छनामा चढेका थिए । उद्धार पर्खिरहेका उनीहरुलाई केहीबेरमा नख्खु खोलाले बगायो ।

त्यसै दिन गृह मन्त्रालयमा बसेको बैठकपछि गृहमन्त्री रमेश लेखकले चार जनालाई बगाएको भन्दै बचाउन नसकेकोमा दुःख व्यक्त गरेका थिए । तर उनीहरुमध्ये २ जनालाई चणिकलाल तामाङ सहितले उद्दार गरे भने एक जना आफैं निस्किएका थिए । त्यसरी बगेका चारमध्ये एक जनाको अवस्था भने अज्ञात छ ।

बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले गृहमन्त्रीले प्रारम्भिक जानकारीमा आएको विषय बताएको दाबी गरे ।

‘गृहमन्त्रीजीले आफैं गएर त हेर्न सक्ने कुरा आएन’ उनले भने, ‘बगाएर लग्यो, बचाउन सकिएन भनेर त्यहाँका मान्छेहरुले जे रिपोर्ट दिए, गृहमन्त्रीजीले त्यही भाषा बोल्नुभयो । बगाएर लग्यो, बचाउन सकिएन ।’

तर प्रारम्भिक जानकारी कहिले कहिले फरक पर्नसक्ने भन्दै उनले अगाडि भने, ‘यस विषयलाई धेरै ठूलो अपराध, अयोग्यताका रुपमा लिन हुँदैन जस्तो लाग्छ ।’

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *