अनेरास्ववियुद्वारा बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केन्द्रीय कमिटी सचिव डा.सुजन कडरिया, एनएमएसए राष्ट्रिय कमिटी अध्यक्ष डाक्टर पुष्पराज भाम लगायतको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेका हुन् ।

काभ्रेको रोशी खोला भुमेडाँडा लगायत क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको डाक्टर भामले जानकारी दिए ।

अनेरास्ववियु काभ्रेको संयोजनमा आयोजित स्वास्थ्य शिविरमा २१३ जनालाई स्वास्थ्य सेवा तथा परामर्श दिइएको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै औषधि तथा राहत सामग्री समेत वितरण गरिएको अध्यक्ष डा. भामले बताए ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *