९ महिनामा ८ लाख १६ हजार पर्यटकको आगमन, कुन महिनामा कति आए ?

काठमाडौँ । सन् २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् ।
तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् । जनवरीमा जनवरी ७९ हजार १०० पर्यटक आएका थिए । सेप्टेम्बरमा ९६ हजार ३०५ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको सेप्टेम्बरमा २८ हजार ६९४ पर्यटक आएका थिए । तर पनि सेप्टेम्बरमा नेपाल आउनेमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै हो । दोस्रोमा अमेरिकाबाट १० हजार ८४ जना आएका छन् ।

त्यस्तै चीनका ८ हजार ४२, अस्ट्रेलियाका ५ हजार ३८, बेलायतका ४ हजार ४ सय ९३, बंगलादेशका ४ हजार १०३ लगायत देशका पर्यटक नेपाल आएका छन् ।

कुन महिनामा कति ?
जनवरी : ७९, १००
फेब्रुअरी : ९७,४२६
मार्च : १,२८,१६७
अप्रिल : १,११,३७६
मे : ९०,२११
जुन : ७६,७३६
जुलाई : ६४,५९९
अगस्ट : ७२,७१९
सेप्टेम्बर : ९६,३०५

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *