काठमाडौँ । कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमाको रियल टाइम सफ्टवेयर आजदेखि सञ्चालनमा ल्याएसँगै किसानले आफै बीमा गर्न सक्ने भएका हुन् ।

कृषि क्षेत्रमा सबैभन्दा बढी पशुधन बीमा हुने भएकाले सुरुमा सोको बीमा गर्न सकिने छ । यस्तै तरकारी बालीको पनि बीमा गर्न सकिने छ । तत्काललाई दुई बालीको बीमा अनलाइनबाट गर्न सकिने मन्त्रालयले जनाएको छ।

सफ्टवेयर सञ्चालन आएसँगै कृषि बीमा पारदर्शी हुने मन्त्रालयको दाबी छ । कृषि बीमामा आबद्ध रहेका १४ वटा कम्पनी छन् ।

किसानले कृषि बीमा गर्न नेपाल बीमा प्राधिकरणको webside मा जानू पर्ने छ । त्यहाँबाट user ID बनाई कृषि बीमा गर्न सकिने छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0