बुल्गेरिया पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको बसुन्धराबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ घर भएका टंक प्रसाद सुवेदी र निता गौतम सुवेदी छन् । उनीहरू दम्पती हुन् ।
आरोपीहरूले बुग्लेरिया पठाउँछौँ भनेर ५ लाख ४० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । उनीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको छ ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *