ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

१७ असोज, सुर्खेत । ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ ।

घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।

घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर बिहिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रन वीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीका अनुसार ज्योती खोलाको छेउमा माटो खन्न गएकी थिइन् ।

मृतकको शव पोष्टमार्टमको लागि मेहलकुना अस्पतालमा राखिएको प्रहरीले जनाएको थियो ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *