काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

यसअघि दिउँसो ४ बजे ज्ञापनपत्र बुझाउन कार्यसूची रहेपनि शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले समय तालिका सरेको थियो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0