भैरहवामा कुकुरको बन्ध्याकरण गर्न सुरु

बुटवल । विश्व पशु दिवसको अवसरमा भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाले कुकुरहरूको बन्ध्याकरण एवं रेबिज भ्याक्सिन कार्यक्रम सुरु गरेको छ । छाडा कुकुरको टोकाइबाट नगरवासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले असोज २३ गतेसम्म छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउने बताए । उनले छुटेका कुकुरमा दसैँपछि बन्ध्याकरण गरिने बताए ।

कुकुरहरूको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउने काम पशु चिकित्सक एवं प्राविधिक टोलीले गर्ने सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *