काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएप बिस्तारै स्न्यापच्याट बन्दै गइरहेको छ । ह्वाट्सएपले विगत केही महिनादेखि स्न्यापच्याटसँग मिल्दोजुल्दो फिचरहरू ल्याइरहेको छ । अब कम्पनीले एकैसाथ कयौ नयाँ फिचरहरू परीक्षण गरिरहेको छ जुन पूर्ण रूपमा स्न्यापच्याटसँग मिल्दोजुल्दो भएको बताइएको ।

रिपोर्टका अनुसार कम्पनीले व्हाट्सएपमा क्यामेरा इफेक्ट उपलब्ध गराउने तयारी गरिरहेको छ र यसको परीक्षण पनि भइरहेको छ । नयाँ अपडेट पछि व्हाट्सएपमा कयौं क्यामेरा इफेक्टहरू उपलब्ध हुनेछ । यसबाहेक, फिल्टरहरू पनि उपलब्ध हुनेछन् ।

पृष्ठभूमिका लागि पनि अनेक विकल्पहरू उपलब्ध हुनेछन् । प्रयोगकर्ताको अनुहारका लागि मात्रै पनि धेरै इफेक्ट र फिल्टरहरू ल्याइनेछ । यी सबै सुविधाहरू भिडियो कलिङको समयमा उपलब्ध हुनेछन् ।

फचर ट्र्याकर डब्ल्यूएबेटाइन्फोको रिपोर्टका अनुसार यो सुविधा एन्ड्रोइडका लागि व्हाट्सएप बिटा संस्करण २.२४.२२.०१ मा देखिएको छ । यो भर्जन अहिले प्ले स्टोरमा पनि उपलब्ध रहेको बताइएको छ । यो फिचर बिटा भर्सनमा देखिने भएपनि हाल यो केही बिटा टेस्टरका लागि मात्र उपलब्ध छ ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0