लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

४ बैशाख, बुटवल- बुटवल रुपन्देमा Bio – M नामक अर्गानिक Bio लार्भा साइड को लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता श्री रम्भादेबी ट्रेड लिन्क को आयोजना मा अन्तरकृया कार्यक्रम सम्पम्न भएको छ ।
बिश्वब्यापी रुपमा फरक पद्धतिको बिकास गर्दै बिश्व स्वास्थ्य संगठन (WHO) ले मानव जीवन तथा अन्य प्रा‍णीलाई असर नगर्ने भन्दै उक्त पद्धति प्रयोग गर्न मिल्ने भन्दै स्वीकृत गरेको । विश्वका धेरै देशहरुमा प्रयोग भैरहेको उक्क्त लार्भा साइड भारत सरकारले सफल परिक्षण गर्दै नेपाल सरकाले समेत प्रयोगको लागि सिफारिस गर्दै काठमाडौ महानगरपालिका मदेस प्रदेश सरकारले समेत यस्को प्रयोग बृहत रुपमा लाम्खुट्टे तथा त्यसबाट लाग्ने रोगहरुको पुर्णतः निर्मुल पार्नको लागि यो पद्धति सुरु गरिएको छ ।

“बायो लार्भिसाइड अर्गानिक हो। यसले लामखुट्टे र तिनीहरूको लार्भा बाहेक अरू कुनै जीवलाई हानि गर्दैन। यो कीटनाशक होइन। कीटनाशक पानीको माथि छर्किनुपर्छ। यसले लार्भाको पेटमा विष उत्पादन गर्छ र पाचन प्रक्रियालाई नष्ट गर्छ, जसले गर्दा लार्भालाई मार्छ। यसबाट डेंगु, फाइलेरिया र मलेरिया फैलाउने सबै प्रकारका लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने छ ।”

होटेल रोयल रानिगन्ज बुटवलमा भएको अन्तरकृया कार्यक्रमा लुम्बिनी प्रदेस का पुर्ब मुख्यमन्त्री को प्रमुख स्वकिय सचिव सुजित बिक , बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिष्णु ढकाल , मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था का सचिब केशब पाण्डे , काेषाअध्यक्ष कृष्ण बहादुर नेपाली , कार्यसमिती सदस्य तथा १९ नम्बर वडा संम्योजक केदार न्याैपाने , कार्यसमिती सदस्य दिनेस कुवर लगायत को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।

सबै ठाउँ चोक, विद्यालय, स्वास्थ संथा तथा लाम्खुट्टे उत्पादित हुने सम्पुर्ण ठाँउमा एस्को प्रयोग गर्न सके रोग लागिसकेपछी उपचार गर्न नसक्ने न्यून बर्गको लागि निकै फलदायी बन्नुका साथै जिल्ला जनस्वास्थ्य कार्यलय, स्वास्थ मन्त्रालय तथा प्रतेक स्थानीय तहले प्रयोगको बाताबरण सिर्जना गर्नुपर्ने बताएका छन । साथै पालिका हरुले आफ्नो पालिकामा मात्रै पर्योग गर्न सके धेरै रोगहरुको न्युनिकर हुनेमा उपस्थित सबैले जोड दिए । (१) एकपटक प्रयोग गरेपछी ४५ दिन सम्म काम गर्ने र धेरै महङ्गो नहुनुका साथै मानव स्वास्थ्यमा असर नगर्ने भएकाले प्रयोग गर्न सजिलो भएको पनि जोडे ।

जस्मा रम्भादेबी ट्रेड लिन्क बुटवलको तर्फबाट सम्मान न्यौपाने ,सोभाखर पान्डे ( माधब) , गणेश दाहाल, माधब बस्याल को उपस्थिति मा सम्पुर्ण प्रयोग गर्ने तरिका यसबाट हुने फाइदाहरुको बारेमा जानकारी दिदै कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *