काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्यको रूपमा ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ । सो मोबाइलमार्फत प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिने कम्पनीको भनाइ छ । यसमा ६.७ इन्चको डायनामिक एमोलेड २ह डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेट रहेका बताइएको छ ।

ग्यालेक्सी एस२४ एफई नीलो र ग्रेफाइट रङ्गहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसको मूल्य रु.९४ हजार ९९९ बाट सुरु हुनेछ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई ०% ब्याज दरमा रु.४,७५० महिनादेखि सुरु हुने गरी सजिलो ईएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै रु.३,००० सम्मको विशेष बोनस सहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0