११ कार्तिक, बुटवल । बुटवलमा रहेको सिरसिरे बचत तथा ऋण सहकारी संस्था लि को १४ अौं वाषिर्क साधारणसभा सप्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवि अर्यालको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिका मातहतका सहकारीहरु सुरक्षित रहेको बताइन । अहिले सहकारी क्षेत्रमा ठुलो समस्या देखिएको छ , पुर्ब उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारीको विषय अहिले राष्ट्रिय मुद्दा बनेको र अनुसन्धान पछि सत्यतथ्य पत्ता लाग्नेमा उनले जोडिन ।

सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिदै आफ्नो मातहतका सहकारीहरुलाई सहयोग गर्न बुटवल उपमहानगरपालिका तयार रहेको पनि बताइन् ।
सहकारीले बचतको साथसाथै सामाजिक उत्तरदायित्व समेत पूरा गर्नुपर्नेमा जोड दिदै बुटवल उपमहानगरपालिकाले झण्डै ७०० महिलाहरुलाई सीपमुलक तालिम दिएको बताएकि हुन ।

एक फरक प्रसङ्गमा उपप्रमुख अर्यालले उपमहानगरपालिकाले उपभोक्ताहरुको स्वास्थ सँग कुनै पनि सम्झौता नगर्ने र गुणस्तरहिन सामाग्री बिक्रीवितरण गरेको भेटिए कडा कारबाही गर्ने चेतावनी दिइन ।

यसैगरी कार्यक्रमका बिशिस्ट अतिथि बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसिले सिरसिरे सहकारीले कृषि उत्पादन , सेयर सदस्यहरुलाई आपतकालीन स्वास्थ कर्जा लगाएत राम्रा कार्यक्रम ल्याएको भन्दै कौसी खेती , महिलाहरुलाई सीपमूलक तालिम तथा फोहोर व्यवस्थापनमा सहकारी संग मिलेर काम गर्न बुटवल उपमहानगरपालिका तयार रहेको बताए ।
उक्त उद्वाटन सत्रमा संस्थाका प्रमुख सल्लाहकार बाबुराम गौतम , सल्लाहकार शरद वली , प्रेमलाल गहिरे ,कानुनी सल्लाहकार रामप्रसाद भुसाल , संचालक समिति सदस्य बिष्णु पन्त लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त साधारणसभामा अध्यक्ष रामकृष्ण शर्माले आगामी कार्ययोजना सहितको प्रतिवेदन , कोषाध्यक्ष शिवलाल पौडेलले आर्थिक प्रतिवेदन ,लेखा समिति संयोजक हरि प्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन पेस गरेका हुन । उनीहरुले पेस गरेको प्रतिवेदनलाई बन्दसत्रमा अनुमोदन गरिएको थियोे ।
यसैगरी सम्पन्न साधारणसभामा +२ को परिक्षामा उतिर्ण सेयर सदस्यका छोराछोरी , ७० बर्ष भन्दा माथिका जेष्ठ सेयर सदस्यहरु , असल बचत कर्ता , असल ऋणी एवं संस्थाको वृद्धि विकासमा योगदान पुराउने सदस्य ,तथा पत्रकारहरुलाई संमान गरिएको थियोे भने ,खुत्रुके तथा बाल बचत गर्ने बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियोे ।

संस्थाका अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको संचालन सचिव गिरिराज भुसालले गरेका थियोे भने स्वागत मन्तव्य उपाध्यक्ष टेकराज शर्माले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0