१२ वैशाख, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ ।
![](https://resungakhabar.com/wp-content/uploads/2024/03/Maxfresh-Outdoor-850-x-450-px-Desktop-Road-Block-1.jpeg)
कर्णाली प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले हुम्लाका परियारलाई मन्त्रीको रुपमा सरकारमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए ।
साथै बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । मुख्यमन्त्री कँडेलले विहीबार विश्वासको मत लिँदै छन् ।