१२ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ ।

नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो । सबै सेक्टरका सूचक बढेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको भयो ।

२१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढ्यो । बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढे ।

जानाकी फाइनान्स, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । रिभर फल्स पावरको ९.५४, मेन्छियाम हाइड्रोपावरको ९.१३, मायाखोला हाइड्रोपावरको ६.९९, प्रोग्रेसिभ फाइनान्सको ६.६२ तथा बेस्ट फाइनान्सको ६.५७ प्रतिशत बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0