१४ कात्तिक, काठमाडौं । सोल्टी होटलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित २६.८४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो । यसको सेयर अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ हो ।
तसर्थ लगानीकर्तालाई कम्पनीले प्रतिकित्ता २ रुपैयाँ ६८ पैसा नगद लाभांश र १ सय कित्ता सेयर बराबर १० कित्ता बोनस दिने हो । मंगलबार बजार बन्द हुँदा मूल्य प्रतिकित्ता ५३६ रुपैयाँ छ ।
साथै कम्पनीले लाभांश पारित गर्नका लागि पुस ४ गतेका लागि साधारणसभा पनि बोलाएको छ । मंसिर १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । मंसिर १२ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1