२ मंसिर, काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
उनले आफ्नो अपराध स्वीकार समेत गरिसकेका छन् । प्रहरीका अनुसार उनी स्नातक तहको परीक्षामा फेल भएका थिए । त्यसैले इन्टर्नसिपको क्रममा कम पारिश्रमिक पाउने हुँदा उनी रिसाएका थिए । त्यही कारण उनले आक्रमण गरेको प्रारम्भिक अनुसन्धाबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।
चीनमा १२ नोभेम्बरको दिन झुहाई शहरमा एक व्यक्तिले मानिसहरुको भिडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1