२८ मंसिर, काठमाडौं । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिको निर्वाचन सुरु भएको छ । काठमाडौं र भक्तपुर दुई तथा उपत्यकाबाहिरका मतदान केन्द्रमा विहान ७ बजे देखि मतदान प्रक्रिया सुरु भएको निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मी राईले जानकारी दिइन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । एमालेकै बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् ।

संघको निर्वाचन समितिका अनुसार देशभरका विभिन्न जिल्ला र स्थानमा गरी २० मतदान केन्द्र तोकिएको छ । मतदान साँझ ५ बजेसम्म गर्न सकिने निर्वाचन समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0