३ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् । बुधबार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
सरकारले जुनसुकै बाटो अपनाएर पनि महशुल उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने उनको तर्क थियो ।
‘लाइन काट्ने कुरा समस्याको समाधान होइन । यदी महशुल उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ,’ मन्त्री खड्काले भने ।
साथै व्यवसायीहरूको इमान्दारिता आवश्यकता रहेको बताउँदै उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको जिकिर गरे ।
‘व्यवसायीहरूको पनि इमान्दारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ,’ उनले भने, ‘उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो ।’
व्यवसायीले तिनुपर्ने रक मयति हो भनेर भनेको भए अझै प्रमाणित गर्न सहज हुने उनको भनाइ थियो ।