नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरीमा अमेरिका भ्रमणमा जान सक्ने छन् । सोमबार अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुरा गरेपछि यो कुरा बाहिर आएको हो । ट्रम्प आफैँले यो कुराको खुलासा गरेका छन् । मोदी सम्भवतः फेब्रुअरीमा अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय ह्वाइट हाउसमा आउने ट्रम्पले भनेका छन् ।

‘मैले उनीसँग लामो कुराकानी गरेँ, उनी सम्भवतः अर्को महिना फेब्रुअरीमा ह्वाइट हाउस आउनेछन् । भारतसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ ।’ फ्लोरिडाबाट ज्वाइन्ट बेस एन्ड्रयूज फर्कने क्रममा एयर फोर्स वानमा पत्रकारहरूलाई ट्रम्पले भनेका थिए । राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पको अन्तिम विदेश भ्रमण भारत थियो ।

यसअघि, ट्रम्प र मोदीले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन प्रतिबद्धता व्यक्त गरेको ह्वाइट हाउसले बताएको थियो । साथै, मोदीको ह्वाइट हाउस भ्रमणको योजनाबारे चर्चा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0