वासिङ्टन । डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकाको राष्ट्रपति पदको जिम्मेवारी सम्हालेपछि अवैध आप्रवासीमाथिको कारबाही तीव्र बनाएको छ । कार्यभार सम्हालेपछि उनले अमेरिकाको आप्रवासन प्रणालीलाई सुधार गर्नका लागि २१ वटा कार्यकारी आदेश जारी गरेका छन् ।

त्यसयता सयौँको संख्यामा अवैध आप्रवासीहरू पक्राउ परेका छन् । उनीहरूलाई फिर्ता गर्ने प्रक्रिया पनि जारी रहेको छ ।

इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट (आईसीई) का अनुसार गत आइतबार मात्र एकै दिन ९५६ जना पक्राउ परेका थिए । थप शक्ति प्राप्त गरेका फेडेरल एजेन्सीहरुले सो दिन सिकागो, नेवार्क र मियामीजस्ता सहरहरूमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

यसअघि पूर्वराष्ट्रपति जो बाइडेनको पालामा दैनिक ३११ जना अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्ने गरिएको थियो । त्यसमा धेरै आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए ।

यहाँ तस्बिरमा ट्रम्प आएपछि अवैध आप्रवासीमाथि गरिएको कारबाही देखाइएको छ । सबै तस्बिर रोयटर्सबाट लिइएका हुन् ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0