
वेलिङटन । न्यूजिल्याण्डमा एउटा पहाडले मान्छेकै जस्तो कानुनी अधिकार पाएको छ । वर्षौसम्मको छलफलपछि बनेको कानुनले पहाडलाई त्यो मान्यता दिएको हो । अर्थात् अब तारानाकी माउन्गा आफैँ आफ्नो मालिक भएको छ । यसको व्यवस्थापन गर्न स्थानीय इवी जनजाति सरकारका प्रतिनिधिहरूले मिलेर काम गर्नेछन् ।
साम्राज्यवादको समयमा तारानाकी क्षेत्रका माओरीमाथि भएको अन्यायको क्षतिपूर्तिस्वरुप यो सहमति गरिएको हो । विगतमा भएको गलत बामले गराएको पीडा स्वीकरा गर्नै पर्छ भनेर वार्ताका लागि जिम्मेवार सरकारका मन्त्री पल गोल्डस्मिथले भने । बिहीबार न्यूजिल्यान्डको संसदमा तारानाकी माउन्गा कलेक्टिभ रिड्रेस विधेयक पारित भएको छ ।
यसले पहाडलाई कानुनी नाम दिएको छ भने यसको आसपास रहेका शिखर र जमिनको पनि सुरक्षा गर्नेछ । विधेयक कानुन बनेको हेर्न सयौँ माओरी बिहीबार संसद् बाहिर जम्मा भएका थिए । यसअघि उक्त पहाड इग्मन्टको नामबाट चिनिन्थ्यो । यो नाम बेलायती अन्वेषक जेम्स कूकले १८ औँ शताब्दीमा दिएका थिए ।
@एजेन्सी

